सप्तरी: नगरपालिका र जिससमा तोडफोड
संयुक्त लोकतान्त्रिक मधेशफ मोर्चाका कार्यकर्ताले सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।
सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले १७ चैतमा तोडफोड गरेका हुन् ।
तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्यहाँ पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरे ।
उनीहरुले केही बेरअघि सुरक्षाकर्मीले खोलेका दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् । दुवै कार्यालयमा गरिएको तोडफोडवाट रु १० लाखभन्दा बढीको क्षति भएको कर्मचारीले जानकारी दिएका छन् ।
त्यसैगरी जिल्ला मालपोत कार्यालयलाई पुरानै संरचनाअनुसार राजस्व नलिएको भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । मालपोत प्रमुख दधीराम गुरागार्इंले भने सरकारले भनेअनुसार नै राजस्व उठाइने बताए ।
रासस