नेपालद्वारा हङकङ ७ विकेटले पराजित
बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कपमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ ।
हङकङबाट पाएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । शरदले ५१ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५५ रन बनाए । त्यस्तै दिपेन्द्रले ५ चौका र १ छक्काको मद्दतले ८२ बलमा ६० रन बनाए ।
ज्ञानेन्द्र मल्लले आसिफ शेखसँग मिलेर ३७ रनको साझेदारी गरेका थिए । ११औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिलिपनाथ र ज्ञानेन्द्रको ४४ रनको साझेदारी रह्यो ।
२६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरेका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुई विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिए भने ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशान भारी प्रत्येकले दुईदुई र सन्दिप लामिछानेले १ विकेट लिएका थिए ।
हङकङलाई हराउनुअघि नै नेपाल पाकिस्तान र बंगलादेशका यु-२३ टिमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।