बजाजको नयाँ शोरुम वालिङ स्याङ्जामा
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता एचएच बजाजले स्याङ्जाको वालिङ्मा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
मोटरसाइकल बिक्री, स्पेयर पार्टस तथा सर्भिसिङ्को सुविधासहित सन्तोषी स्पेयर पार्टस वालिङमा सञ्चालनमा ल्याएको हो ।
यसले मोटरसाइकलको बिक्रीलाई थप सशक्त बनाउने कम्पनीले जनाएको छ ।
ग्राहकको बढ्दो मागकै कारण नयाँ शोरुम स्थापना गरिएको एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले बताए ।
उद्घाटनको अवसरमा शोरुमले ग्राहककालागि आकर्षक पुरस्कारको व्यवस्थासमेत गरेको छ ।