फोरम लोकतान्त्रिकद्धारा सरकारलाई सात दिने अल्टिमेटम
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई आफ्नो माग पूरा गर्न सात दिने अल्टिमेटम दिएको छ ।
दुईदिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विभिन्न आन्दोनमा आफ्ना कार्यकर्ताहरूलाई लगाइएको मुद्धा फिर्ता, घाइते तथा शहीद परिवारलाई क्षतिपूर्ती र संविधान संशोधनको कार्य अगाडि बढाउन नसके सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले सात दिनभित्र सरकारले माग पूरा गर्न नसके समर्थन स्वतः फिर्ता हुने निर्णय गरेको महासचिव रामजनम चौधरीले जानकारी दिए ।