पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छः डा यादव
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने बताएका छन् ।
निर्वाचन कार्यालयको आयोजनामा १६ चैतदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उनले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको जिकिर गरे ।
उनले भने, “अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक रहेको छ ।” डा। यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने बताए । रासस