नेप्सेमा आजमात्रै ७६.७९ अंकको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६१० दशमलव ६२ अंकमा पुगेको छ ।
आजमात्रै नेप्से ७६.७९ अङ्कले बढेको हो । आज १४४ कम्पनीको रु १ अर्ब ३८ करोडको कारोबार भएको छ ।
शेयर कारोबारको चाप बढेपछि आज तीन पटक सर्किट ब्रेकर लागेको थियो भने एक घण्टा समय बाँकी छँदै दिनभरका लागि कारोबार बन्द गरिएको छ।
कारोबार खुलेको आधा घन्टामै सूचक तीन प्रतिशतले उक्लिएको थियो भने एक घण्टा बन्द भई खुलेपछि फेरि एक प्रतिशतले सूचक बढदा पुन बजार आधा घण्टाका लागि बन्द गरिएको थियो ।
तर फेरि एकघण्टा अघि नै सूचक पुनः एक प्रतिशतले बढी पाँच प्रतिशत नाघेपछि आजका लागि कारोबार बन्द गरिएको थियो।