नेपाललाई २५८ रनको लक्ष्य
एसीसी इमर्जिङ्ग टिम्स कपअन्गर्तको दोस्रो खेलमा यु–२३ नेपाललाई यु–२३ बंगलादेशले २५८ रनको लक्ष्य दिएको छ ।
बंगलादेशमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको थियो । बंगलादेशले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २५७ रन जोडेको हो ।बंगलादेशका लागि नसिर हुसैनले १०९ रन बनाए, जसमा २ छक्का र १२ चौका सामिल छन् ।
१४ चैतमा नेपाललाई पाकिस्तानले ६ विकेटले पराजित गरेको थियो ।