भारतीय राजदूत पुरीले पेश गरे ओहोदाको प्रमाणपत्र
नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
१२ चैतमा काठमाडौँ आएका पुरीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त समारोहमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
राजदूत सिंहले भोली सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् ।
त्यस्तै आजै नेपालका लागि दक्षिण अफ्रिकाकी गैर आवासीय राजदूत रोविना पाट्रिसिया मार्क्सले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।