सेयर दोहोरो अङ्कले बढ्यो
आइतबार सेयर बजार दोहोरो अङ्कले बढेको छ ।
लगातार घट्दै गएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम शुरु भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३.४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो ।
आइतबार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ ।
स्टककाअनुसार बैङ्किङ ३.५१ प्रतिशत, होटेल ५.२६, विकास बैङ्क ४.०७, जलविद्युत् ८.५१, फाइनान्स ४.८३, बिमा ३.४५ र अन्य समूहकाे १.३४ प्रतिशतले बढेको छ ।
त्यस्तै आजदेखि उपत्यका बाहिरका शहर नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढमा पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन् ।