कांग्रेसले गठन गर्यो घोषणापत्र तयारी समिति
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ ।
बैठकले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल गरेको छ ।
त्यस्तै भर्खरै कार्यान्वयनमा आएको स्थानीय तहअनुसार पार्टीको साङ्गठनिक संरचना बनाउने निर्णय समेत गरेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।