क्यान्सरविरुद्ध सचेतनाका लागि साइकल र्याली
क्यान्सर विरुद्ध सचेतना जगाउनका लागि ऋचा बजिमय मेमोरियल फाउन्डेसनले १२ चैतमा साइकल र्यालीको आयोजना गरेको छ ।
स्तन तथा पाठेघरको क्यान्सर भएका महिलालाई क्यान्सर परीक्षणका लागि सहयोग जुटाउन र्यालीको आयोजना गरिएको फाउन्डेसनका डा.दीपक सुन्दर श्रेष्ठले बताए । फाउन्डेसनले यो वर्ष एक हजार महिलालाई क्यान्सर परीक्षणका लागि सहयोग गर्ने लक्ष्य लिएको छ ।
कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्य र क्यान्सरपीडितसहितको र्यालीमा १५० जनाको सहभागिता रहेको थियो ।
क्यान्सरबाट मृत्यु भएकी ऋचा बजिमयको सम्झनामा २०६३ मा फाउन्डेसनको स्थापना गरिएको हो । क्यान्सर विरुद्ध काम गर्दै आएको फाउन्डेसनले हरेक वर्ष साइकल र्याली आयोजना गर्दै आएको छ