कला/साहित्यआइतवार, चैत्र १३, २०७३

‘पर्फ्युम’ बजारमा

हिमालखबर

समकालीन २४ कथाकारका प्रेमकथाको सङ्ग्रह ‘पर्फ्युम’ सार्वजनिक भएको छ ।

लेखक नारायण ढकाल, प्रगति राई, सङ्गीत स्रोताका साथै पुस्तकका सम्पादकद्वय राजकुमार बानियाँ र दीपक सापकोटाले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरेका हुन । सो सङ्ग्रह ‘इन्डिगो इन्क प्रकाशन’ले बजारमा ल्याएको हो ।

आख्यानकार ढकालले पूर्वीय र पाश्चात्य सभ्यतामा प्रेमको परिभाषालाई पनि अलग तरिकाले हेर्ने गरिएको र प्रेमलाई समाजसरह साहित्यले समेत क्रमशः स्थान दिन थालेको बताउनुभयो ।

कथाकार अमर न्यौपाने, अश्विनी कोइराला, अभय श्रेष्ठ, कुमार नगरकोटी, मनिषा गौचन, नवीन विभास, नयनराज पाण्डे, निरुपा प्रसुन, श्याम साह, सुविन भट्टराई, उमा सुवेदी, ऋचा भट्टराई, अशोक सिलवाल, बच्चु विक, विमल आचार्य, विनोदविक्रम केसी, दिनमान गुर्मछान, रिविन, राजु स्याङ्तान, गणेशकुमार राई, लेनिन बञ्जाडे, मनोज दाहाल, मुनाराज शेर्मा र योगेश ढकालका कथा ‘पर्फ्युम’मा समावेश छन् ।

प्रतिकृया दिनुहोस