पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी
भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने चेतावनी दिएको छ ।
आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि दुर्इ देशसँगको सिमाना बन्द हुनसक्ने भारतले चेतावनी दिएको हो ।
गृहमन्त्री राजनाथ सिंहले भनेका छन् “भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” ।
“पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,” उनले भने ।
रासस/सिन्ह्वा