उद्योग वाणिज्य अनुकुल नीति भएनः पशुपति मुरारका
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले वन्द–हड्तालका कारण नेपालको उद्योग–वाणिज्य क्षेत्र धाराशायी वन्दै गएको बताएका छन् ।
तौलिहवा उद्योग वाणिज्य संघको अयाोजनामा कपिलवस्तुको तौलिहवामा शुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै अध्यक्ष मुरारकाले उद्योग वाणिज्य क्षेत्रलाई वन्द हड्तालमुक्त क्षेत्र बनाउन राजनीतिक दलहरुलाई आग्रह गरे ।
“यदि सरकारले उद्योग वाणिज्य अनुकुल नीति लागू गरे एक दशकमा हामीले मुलुकको व्यापार घाटा अन्त्य गर्न सक्छौं,” मुरारकाले भने, “विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्न पनि उद्योगवाणिज्य क्षेत्रलाई संवद्र्धन गर्न जरुरी छ ।”
लोडसेडिंगमुक्त बनाउने सरकारको प्रयासले आफूहरु निकै उत्साहित रहेको बताउंदै अध्यक्ष मुरारकाले लोडसेडिंग मुक्त भए उत्पादन लागत घट्ने र नेपाली वस्तुहरुले अन्तराष्ट्यि बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।
बैंक तथा वित्तिय क्षेत्रहरु मुनाफामुखी वन्दै जाने तर उद्योग व्यवसाय क्षेत्र धारासायी हुदै जाने अवस्था मुलुकको आर्थिक विकासको डरलाग्दो संकेत रहेको उनको भनाई थियो ।
आज, ११ चैतदेखि तौलिहवामा आयोजित चौथो प्राचीन कपिलवस्तु महोत्सवमा उद्योग, कृषि, पर्यटन, व्यापार लगायतका करीब १५० बढी स्टलहरु रहेको अध्यक्ष गयादीन कुर्मीले बताए ।
गोपाल भण्डारी, कपिलवस्तु ।