एमआई नोट–२ बजारमा
चिनियाँ मोबाइल कम्पनी साओमीको नयाँ स्मार्टफोन एमआई नोट–२ बजारमा ल्याएको छ । एमआई नोट–२ लाई शारदा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्स प्रा.लि.ले नेपाली बजारमा भित्र्याएको हो ।
एमआई मिक्सपछि साओमीको यो नयाँ ब्रान्ड हो । यसमा ५.७ इन्च डिस्प्ले, ६ जीबी ¥याम, १२८ जीबी रोम, २२.५६ मेगापिकसेलको रियर र ८ मेगापिकसेलको फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै ४०७० एम्पियरको ब्याट्रीले चाँडो चार्ज गर्ने कम्पनीले जनाएको छ ।
यसको उपभोक्ता मूल्य रु.७६ हजार ९९९ रहेको छ भने १५ चैतसम्म बुकिङ गर्दा रु.४ हजार ४९९ छुटको व्यवस्था गरिएको जनाएको छ ।