उपप्रधानमन्त्री निधि र चिनका रक्षामन्त्री चाङबीच भेटवार्ता
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भेटवार्ता भएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आइपुगेका चीनका रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच आज दिउँसो गृहमन्त्रालयमा भएको भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संचार प्रणाली आधुनिकिकरण गर्ने, गृहमन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालीम उपलब्ध गराउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
भेटमा गृहमन्त्री निधिले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीन बिरोधी गतिबिधि हुन नदिने प्रतिबद्धता जनाएका थिए भने गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न चाङको ध्यानाकर्षण गराए ।
त्यस अबसरमा चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस बिषयमा थप कुराकानी गर्ने उल्लेख गरेका थिए ।