सिटिजन्स ब्याङ्कको शाखारहित सेवा विस्तार
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ्गको गडवामा शाखारहित ब्याङ्किङ सेवा आरम्भ गरेको छ । दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक ब्याङ्किङ्ग सेवा पुचर्याउने उद्देश्यका साथ ५ भदौबाट सेवा शुरु गरिएको ब्याङ्कले जनाएको छ ।
शाखारहित सेवा संचालनका लागि स्थानीय व्यवसायी प्रदिप शर्मालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध हुने ब्याङ्कले जानकारी दिएको छ ।