स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी
सरकारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि ७५ हजार म्यादी प्रहरीको भर्ना लिने भएको छ ।
१८ वर्ष उमेर पुगेर ५३ वर्ष ननाघेकाले भर्नाको लागि आवेदन दिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीको जवानसरह सुविधा पाउने म्यादी प्रहरीले ५५ दिनको नियुक्ति पाउनेछन् ।
पूर्वसुरक्षाकर्मी, सुरक्षा गार्ड, विदेशी सुरक्षा निकायामा काम गरेका, सेवानिवृत्त वनरक्षक तथा पूर्व निर्वाचनमा म्यादीको अनुभव बटुलेका व्यक्ति छनोटको पहिलो प्राथमिकतामा पर्ने गृहले जनाएको छ ।
स्थानीय तह निर्वाचनको लागि म्यादी भर्ना सम्बन्धी कायविधि सबैै जिल्लामा पठाइसकेको गृहले जनाएको छ ।
म्याद प्रहरीमा भर्नाका लागि फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।