संसदीय टोलीद्वारा पुनर्वास घटना स्थलको अवलोकन
व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको गोविन्द गौतमको हत्या घटनाबारे स्थलगत रूपमा अध्ययन गरेको छ ।
टोलीले घटनास्थलको निरीक्षण अध्ययन गरी घटनामा मृत्यु भएका गोविन्द गौतमको परिवारका साथै घाइते टीकाराम चापागाईँलाई समेत भेटेको छ ।
पुनर्वासको आनन्द बजार छेउको बाटोमा कल्र्भट निर्माणको विवादमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर निधन भएका गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
सांसद धनबहादुर रायमाझीको नेतृत्वमा रहेको टोलीमा सांसद प्यारेलाल राना, राममाया बोगटी र कमलाकुमारी घिमिरे सुवेदी, सम्मिलित रहेका छन् । संसदीय टोलीले सुरक्षा निकायलगायतसँग छलफल गरी सीमा विवाद, घटनाका कारण लगायतका विषयमा अध्ययन गर्न लागेको सांसद रानाले बताए । रासस