कला/साहित्यबिहिवार, चैत्र १०, २०७३

कुलपति उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान

हिमालखबर

ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सवका अवसरमा ९ चैतमा नवलपरासीको कावासोतीमा उनलाई रु १५ हजार नगदसहित सम्मान गरिएको हो ।

भूकम्प प्रभावितका लागि उपाध्यायले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको सहमतिले जनाएको छ । गैरसरकारी संस्था सहमतिले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष एक जना राष्ट्रिय व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गर्दै आएको संस्थाका उपाध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिइन् । रासस

प्रतिकृया दिनुहोस