गोविन्द गौतमको परिवारलाई माओवादीको ६ लाख सहयोग
नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकाे प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले शहीद गौतमका श्रीमती लक्ष्मी गौतमलाई सहयोग रकम प्रदान गरेको अध्यक्षको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका नेता गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । सरकारले गौतमलाई शहीद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट रु १० लाख राहात रकम दिइसकिएको छ । रासस