संविधानसभा निर्वाचनमा ३ प्रतिशत कटाउने पाँच दल मात्र
व्यवस्थापिका संसद्को ९ चैतको बैठकले राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्ष निर्वाचनमा १ सिट अनिवार्यको व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित गरेको छ ।
संविधानसभा २०७० को व्यवस्था अनुसार ३३५ समानुपातिक सिट थिए । जसअनुसार करिब २१ हजार मत प्राप्त गर्ने दलले १ सिट पाएका थिए ।
नयाँ संविधानको कार्यान्वयनसँगै अब सामानुपातिक सिट सङ्ख्या ११० कायम गरिएको छ भने प्रत्यक्ष निर्वाचनमा १६५ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि २४० प्रत्यक्ष निर्वाचन क्षेत्र थिए ।
संसद्ले ९ चैतमा पारित गरेको विधेयक अनुसार गत संविधानसभामा ३ प्रतिशत बढी मत ल्याउने दलहरमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकता पछि बनेको सङ्घीय समाजवादी फोरम मात्रै रहेका छन् ।
२०७० को संविधानसभामा कसले कति मत ल्याएका थिए ?
नेपाली काँग्रेस २५.५५ प्रतिशत
एमाले २३.६६ प्रतिशत
माओवादी केन्द्र १५.२१ प्रतिशत
राप्रपा ६.६६ प्रतिशत (पार्टी एकिकरणपछिको मत सहित)
सङ्घीय समाजवादी फोरम ३.५४ (पार्टी एकिकरणपछिको मत सहित)
फोरम लोकतान्त्रिक २.९१ प्रतिशत
तमलोपा १.९१ प्रतिशत
सदभावना पार्टी १.४१ प्रतिशत
नेकपा माले १.३८ प्रतिशत
एक प्रतिशतभन्दा कम मत ल्याउने दलहरु
मजदुर किसान पार्टी ०.७१ प्रतिशत
नेकपा संयुक्त ०.९७ प्रतिशत
परिवार दल ०.५५
राष्ट्रिय जनमोर्चाले ०.९८
तराई मधेस सदभावना पार्टी ०.६६ प्रतिशत
राष्ट्रिय मधेस समाजवादी पार्टी ०.८४ प्रतिशत,
थरुहट तराई पार्टीले ०.६६ प्रतिशत,
दलित जनजाति पार्टी ०.५२ प्रतिशत,
जनमुक्ति पार्टी ०.६७ प्रतिशत,
जनजागरण पार्टी ०.२९ प्रतिशत
सङ्घीय सदभावना पार्टी ०.२७ प्रतिशत
मधेस समता पार्टीे ०.२४ प्रतिशत,
समाजवादी जनता पार्टी ०.२३ प्रतिशत
नेपाल पार्टी ०.३० प्रतिशत
खम्बुवान राष्ट्रिय मोर्चा ०.३२ प्रतिशत
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय थरुहट ०.२२ प्रतिशत
अखण्ड नेपाल ०.३९ प्रतिशत
फोरम गणतान्त्रिक ०.३६ प्रतिशत
जनता दल ०.३५ प्रतिशत
अब समानुपातिक तर्फ ३ प्रतिशत मत नल्याउने वा प्रत्यक्ष नजित्ने दलहरू स्वतन्त्र सांसदको हैसियतमा रहनेछन् । साथै सरकारको तर्फबाट संसदीय दलले पाउने कुनै पनि सुविधा पाउने छैनन् ।