बस र मोटरसाइकल ठोक्किंदा चारजनाको मृत्यु
मोरङको पथरी कानेपोखरीमा बस र मोटरसाइकल ठोक्किँदा ४ जनाको ज्यान गएको छ भने कम्तिमा १५ जना घाइते भएका छन् ।
आज, ९ चैत साँझ ७ः३० बजे मे ४ प ८५११ नम्बरको मोटरसाईकललाई ना ५ ख ५३८७ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जना र बसमा रहेका दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि बस अयिन्त्रित भई राजमार्ग किनारको रुखमा ठोक्किएको थियो ।
घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला