मित्सुबिसी ईलेक्ट्रिकको टेक्निकल प्रेजेन्टेसन
नेपालका लागि मित्सुबिसी ईलेक्ट्रिकको अधिकृत बिक्रेता एयरटेक इन्डिष्ट्रीज प्रालिले ‘टेक्निकल प्रेजेन्टेसन’ कार्यक्रम सम्पन्न गरेको छ ।
मित्सुबिसी ईलेक्ट्रिक विश्वभर विभिन्न ईलेक्ट्रिक सामानहरुको उत्पादन गर्ने कम्पनी हो । यसले एयर कन्डिसनहरुको साथमा अन्य ईलेक्ट्रिक सामानहरुको उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले बिक्री पछिको सेवालाई थप गुणस्तरीय र उत्कृष्ट बनाउनको लागि कम्पनीले प्राविधिकहरुलाई प्रशिक्षण समेत प्रदान गरिरहेको जानकारी दिएको छ ।
कार्यक्रममा मित्सुबिसी ईलेक्ट्रिक, जापानका विशिष्ट अथिति नोरुएकी मात्सुदा र उनको टिमको उपस्थिति रहेको थियो । एयरटेक इन्डिष्ट्रीज प्रालिका प्रमुख मनोज भंसालीले एयरटेकले इन्स्टिलेसन र बिक्री पछिको सेवामा ग्राहकहरुलाई उचित सेवा पुर्याईरहेको बताए ।