अयोध्याको विवाद छलफलबाट मिलाउ: भारतीय सर्वोच्च अदालत
भारतको अयोध्यास्थित राम मन्दिर र बाबरी मस्जीद विवाद छलफलबाट मिलाउन भारतको सर्वोच्च अदालतले आग्रह गरेको छ ।
अयोध्यामा राम मन्दिर र मस्जीद बनाउने विषय लामो समयदेखि विवादित हुदै आएको छ । यस विवादमा पटक पटक दङ्गा हुदा कयौको ज्यान गएको छ ।
मस्जीदको ठाउँमा मन्दीर बनाउने विषय निकै संवेदनशिल र भावनात्मक विषय भएको भन्दै अदालती प्रक्रियाबाट नभई आपसी छलफल र बार्ताबाट समाधान निकाल्न प्रधानन्यायाधीश जेएस खेहरले सुनुवाइका दौरान आग्रह गरेका हुन ।
अदालतको टिप्पणीमा भनिएको छ, “यो एउटा संवेदनशील र धार्मिक विषय हो, पहिला दुवै पक्ष सँगसँगै बस्नुस्, अनि समस्याको समाधान निकाल्नुस्, छलफलबाट समाधान अवश्य निस्कने छ ।” दुबै पक्षलाई सहमति गर्न १८ चैतसम्मको समय दिइएको छ ।
हिन्दु धर्माबलम्वीका देवता रामको राज्यको रुपमा लिइने अयोध्यामा रहेको रामको मन्दिर रहेको ठाउँमा मस्जीद बनाएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । मन्दिर बनाउने की मस्जीद बनाउने भन्ने विवादले उग्ररुप लिदा धेरैको ज्यान गएको थियो । १९९२ मा मस्जीद जलाइएको थियो ।
यस विषयमा मुसलमान र हिन्दुहरु पक्ष विपक्षमा छन् । लामो समयदेखि चलेको सुनुवाइमा प्रमाणका रुपमा दुबै पक्षले कयौ टन कागजपत्र पेश गरेका थिए । उर्दू, फारसी, हिन्दीमा भएका कागजपत्रलाई अंग्रेजीमा उल्था गरिएको थियो । यसमा मुद्दाको सुनुवाइ संलग्न कयौं न्यायाधीशहरुले अवकास समेत पाइसकेका छन् । एजेन्सीहरु