कला/साहित्यमंगलवार, चैत्र ८, २०७३

टोनी हागनको पुस्तक नेपालीमा

हिमालखबर

पुस्तक सार्वजनिक गर्दै नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत जर्ज फ्राईडेन र लेखककी छोरी डा. क्याट्रिन हागन ।    तस्वीरः विक्रम राई

भूगर्भविद् तथा अनुसन्धानकर्ता डा. टोनी हागनको पुस्तक 'डिसेन्ट्रलाईजेसन एण्ड डेभलपमेन्ट' अब नेपाली भाषामा पनि पढ्न पाइने भएको छ ।

पुस्तकको नेपाली अनुवाद 'विकेन्द्रीकरण र विकास' ८ चैतमा राजधानीमा सार्वजनिक गरिएको हो । नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत जर्ज फ्राईडेन र लेखककी छोरी डा. क्याट्रिन हागनले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन ।

टोनी हागन पहिलो पटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आएका थिए । पुस्तकमा उनले नेपालको विकासबारे आफ्नो निजी दर्शन, अवधारणा र सिद्धान्तबारे चर्चा गरेका छन् ।

नेपाल लगायत विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशक भन्दा बढी विशेषज्ञको रुपमा काम गर्दा हागनले संगालेका अनुभवको निचोड यो पुस्तकमा समेटिएको छ ।

टोगी हागन फाउण्डेसनका लागि हिमाल किताबद्धारा प्रकाशित पुस्तकलाई बसन्त थापाले अनुवाद गरेका हुन । २६२+१६ पृष्ठको पुस्तकको मूल्य रु. ४२५ छ ।

प्रतिकृया दिनुहोस