नेपालमा मझौला उद्योग चाहिन्छः जापानका पूर्वप्रधानमन्त्री हातोयामो
जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामोले देशको विकास गर्न साना र मझौला उद्योग चाहिने बताएका छन् ।
“जापानका ठूला कम्पनीहरुको नाम सुन्नुभएको होला, पोखरामा आज पत्रकार भेटघाटमा हातोयामोले भने, “तर जापानको विकास साना र मझौला उद्योगले गरेको हो ।”
उनले नेपालमा पनि यस्ता उद्योगबाटै विदेशिइरहेका युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताए ।
“जबसम्म युवाहरु आफ्नै देशमा काम गर्दैनन्, तबसम्म विकास हुन सक्दैन,” उनले भने, “देशविदेशमा पढेका र सीप भएका युवालाई देश विकासमा लगाउनुपर्छ ।”
नेपालमा लगानीमैत्री वातावरण अझै नभएको उनले बताए । लगानी गर्न अनुमति लिने देखिकै प्रक्रिया झण्झटिलो रहेको भन्दै उनले लगानीका लागि सहज वातावरण बनाउन सुझाव दिए ।
नेपालमा लागानी गर्दा नेपाल र जापान दुबैतिर कर तिर्नुपर्ने अवस्था रहेको भन्दै आजै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यसबारे सुझाव दिने उनले बताएका छन् ।
फुजी पर्वत भन्दा पोखरा सुन्दर
पूर्वप्रधानमन्त्री हातोयामोले पोखरा जीवनमा एकपटक पोखरा घुम्नै पर्ने ठाँउ भनेका छन् ।
“पोखराको सौन्दर्य जीवनमा एक पटक हेर्नै पर्छ,” उनले भने, “म जापान र विश्वलाई भन्न चाहन्छु ।”
नेपालको निजी भ्रमणमा रहेका हातोयामा सोमबार पोखरा आइपुगेका हुन् ।
उनी आज विहान सूर्योदय हेर्न सराङकोट पुगेका थिए । “सराङकोटमा मैले धेरै जापानीलाई भेटेँ, उनले भने, माछापुच्छ«े हिमाल हेर्दा मनै फुरुङ्ग भयो ।”
पोखरामा फोहोर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । जापानको पर्यटकिय स्थल फुजी पर्वतमा पनि केही समय अघि फोहोर थियो, पछि सरकार र व्यवसायी मिलेर सफा ग¥यौँ, उनले भने, पोखरा फुजी पर्वत भन्दा दोब्बर सुन्दर छ यहाँ पनि सफा गर्न सकिन्छ ।
पोखरामा जति सम्भावना छ त्यसअनुसार पर्यटक नभेटेको बताएका उनले अब अन्तर्राष्ट्रिय स्तरको ‘इभेन्ट’ गरेर विश्वलाई आह्वान गर्न सुझाव दिए ।
युवराज श्रेष्ठ