आज आईजीपी नियुक्ति मुद्दामा सर्वोच्चको निर्णय आउने
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज निर्णय सुनाउने भएको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी नवराज सिलवाल र निर्णय हुन अघि र पछि अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोही रिटमा ७ चैतमा भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहितको वृहत पूर्ण इजलासले आज निर्णय सुनाउने भएको हो । ७ चैतमा सुनुवाइ सकिएपनि निर्णय लेख्न समय पुगेको थिएन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको ‘वृहत पूर्ण इजलास’मा सुनुवाइ भएको थियो ।
आज सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गर्ने या यथावत राख्ने निर्णय सुनाउने छ । अन्तरिम आदेश खारिज भए चन्दलाई आईजीपी नियुक्त गर्न सरकारलाई बाटो खुल्ने छ भने अन्तरिम आदेश यथावत रहे सरकारले आईजीपी नियुक्त गर्ने निर्णय कार्यान्वयन गर्न पाउने छैन् ।