फोरम अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ७ चैत साँझ नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारतको बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सङ्घीय फोरम नेपालका अध्यक्ष यादव नयाँदिल्ली प्रस्थान गरेका हुन ।
हिन्दू विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको कावा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनी केही दिन दिल्ली बस्ने जनाएको छ । यादवको अन्य कार्यक्रम सार्वजनिक गरिएको छैन । रासस