संविधान संशोधन नगरी निर्वाचन हुन सक्दैन: ठाकुर
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी निर्वाचन हुने बताएका छन् ।
सप्तरीको मलेठमा प्रहरीसँगको झडपमा गोली लागि मृत्यु भएका सर्वसाधारणका परिवारलाई भेट्न मलेठ पुगेका अध्यक्ष ठाकुरले संविधान संशोधन अनिवार्य भएको बताए । उनले भने, “संविधान संशोधन नगरी निर्वाचन हुन सक्दैन ।” सरकारले बलजफ्ती निर्वाचन गराउन खोजे असफल पारिने बताए ।
उनले मलेठ घट्नामा मारिएका मलेठ–२ का सञ्जन मेहता, बिरेन्द्र महतो, मलेठ–४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका अहेब आनन्द साह र जमुनी मधेपुरा गाविसका इनरदेव यादवको परिवारलाई भेटेर सहयोग प्रदान गरेका छन् ।
अध्यक्ष ठाकुरले पाँचै जनाको परिवारलाई रु.२५ हजारका दरले सहयोग गरेका छन् । यसअघि संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि पाँचै जनाको परिवारलाई रु.२५ हजारका दरले सहयोग गरेका थिए ।
श्रवणकुमार देव, राजविराज