जनक शिक्षामा मतपत्र छपाइ शुरु
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा कडा सुरक्षा घेराबीच मतपत्र छपाइ कार्य शुरु भएको छ ।
आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य आइतबार साँझबाट शुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि सातवटा पद रहने गरी करिब एक करोड ६० लाख मतपत्र आगामी ३५ देखि ४० दिनभित्र छाप्ने जनाएको छ । मतपत्र छपाइका लागि केन्द्रले एक सय ४५ कर्मचारी खटाएको छ । मतपत्रका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपर्ने तिमल्सिनाको भनाइ छ ।
रासस