निर्वाचन कुनै हालतमा नरोकिने देउवाको भनाई
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् ।
आज भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा देउवाले तोकिएकै मितिमा निर्वाचन हुने धारणा राखेका हुन् ।
चुनाव हुन नसके देशमा संवैधानिक सङ्कट देखापर्ने र त्यसले प्रजातन्त्र र गणतन्त्र नै खतरामा पर्ने देउवाको भनाई थियो ।
देउवाले चुनावको विकल्प नभएको भन्दै, चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
देउवाले अगाडि भने – “नेपाली–नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।”