बजाज डोमिनार ४०० सार्वजनिक
बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० सार्वजनिक गरेको छ ।
यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन रहेको छ । ६ स्पीड गियरबक्स र स्लीपर क्लच भएको यो बाइकमा एडभान्स लिक्विड कुलिंग सिस्टम रहेको छ ।
यो बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०/६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ । बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको तौल १८२ केजी रहेको छ ।
डोमिनार ४०० नेपालभर रु ४ लाख ६९ हजार ९०० मा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।