एभरेष्ट बैंकद्धारा निक्षेपको ब्याजदरमा समायोजन
एभरेष्ट बैङ्कले निक्षेपको व्याजदर समायोजन गरेको छ ।
वर्तमान तरलताको परिस्थितिलाई मध्यनजर गरी उपयुक्त वातावरण सृजनाका लागी व्याजदर समायोजन गरेको बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले ल्याएको निर्देशन अनुसरण गर्दै बैङ्कले अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५०% ले घटाएको छ । साथै, नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम बैङ्कले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ ।
यसरी बचतमा ब्याज घटाउँदा उद्योगी/व्यवसायीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्ने बैङ्कले जनाएको छ ।
एभरेष्ट बैङ्कले हाल आफ्ना ६० शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व सङ्कलन काउन्टर र ८६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।