शेखर गोल्छाले घोषणा गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी
व्यवसायी शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
बुटवलमा आयोजित उम्मेदवारी घोषणा सभामा वर्तमान कार्यकालमा एसोसियट उपाध्यक्ष रहेका गोल्छाले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गोल्छा समूहबाट जिल्ला उद्योग वाणिज्य सङ्घको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्वअध्यक्षहरु चण्डीराज ढकाल, रवीभक्त श्रेष्ठलगायतका व्यवसायिहरु गोल्छाको समर्थनमा देखिएका छन् ।
आउँदो २८ चैतमा एफएनसीसीआईको ५१ औ वार्षिक साधारणसभापछि कार्यकारणी समितिको निर्वाचन हुने कार्यक्रम रहेको छ । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखिएपछि आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बन्ने पक्का भएको छ ।