आईजीपी नियुक्ति मुद्दाको 'वृहत पूर्ण इजलास'मा बहस हुदै
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतको वृहत पूर्ण इजलासमा बहस चलिरहेको छ । ६ चैतमा बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा परेको मुद्दा आज फेरी पेशी सूचिमा राखिएको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको विरुद्ध सर्वोच्चमा रिट परेको थियो । अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले त्यसका विरुद्ध रिट दायर गरेका थिए ।
६ चैतमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको ‘वृहत पूर्ण इजलास’मा सुनुवाइ भएको आईजीपी नियुक्तिसम्बन्धी मुद्दा आज पनि सोही इजलासमा सुनुवाइ चलिरहेको छ ।
हिजो रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरुले बहस गरेका थिए भने आज विपक्षका कानून व्यवसायीहरुले वहस गरिरहेका छन् ।