आईजीपी नियुक्ति मुद्दा 'हेर्दा हेर्दै'मा, भोली सुनुवाइ हुने
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको आज पनि बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ । सो मुद्दाको ७ चैतमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुने भएको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको विरुद्ध सर्वोच्चमा रिट परेको थियो । अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले त्यसका विरुद्ध रिट दायर गरेका थिए ।
६ चैतमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्ट र अनिलकुमार सिन्हाको ‘वृहत पूर्ण इजलास’मा सुनुवाइ भएको हो । डीआईजी सिलवाल र अधिवक्ता ढकालका पक्षका वकिलहरुले बहस गरेका छन् ।