यार्सा व्यापारीलाई प्रहरीको सुरक्षा
यार्सागुम्बा बिक्रीका लागि डोल्पाबाट छिमेकी राष्ट्र चीन लैजाने तयारी गरिएको छ । यार्सागुम्वा चीन बेच्न लैजाने व्यापारीलाई प्रहरीले सुरक्षा दिने डोल्पाका प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताए ।
एक केजीको १५ देखि ३० लाख पर्ने यार्सा बीच बाटोमा लुुटिएपछि प्रहरीले सुरक्षा दिन लागेको हो ।
यार्सागुम्बा बिक्री गर्न ५० जना भन्दा धेरै सदरमुकाम दुनैमा जम्मा भएका छन् । बुधबार प्रहरी स्कटिङमा उनीहरुलाई चीन लैजाने तयारी भइसकेको खड्काले जानकारी गराए। दुनैबाट करिब सात दिनको पैदलयात्रा पछि व्यापारिक नाका चीन पुगिन्छ ।