दुबईमा चालकविहीन उड्ने ट्याक्सी
दुबईमा चालकविहीन उड्ने ट्याक्सी सार्वजनिक भएको छ ।
इहाङ–१८४ नाम दिइएको एक जना व्यक्तिले यात्रा गर्ने यो ट्याक्सीमा फोल्ड गर्न मिल्ने सुविधाको छ । जसलाई फोल्ड गरेर सामान्य ट्याक्सी वा कार जस्तै पार्क गर्न सकिन्छ ।
चिनियाँ कम्पनी इहाङले निर्माण गरेको यो ट्याक्सी आगामी जुलाई महिनादेखि दुबईमा नियमित सञ्चालनमा आउनेछ । हाल इहाङ–१८४ दुबईमा परीक्षणको क्रममा छ । १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने यो ट्याक्सी तीन सय मिटर माथिसम्म उड्छ ।
यसमा भएको स्मार्ट स्क्रिनमा यात्रुले आफ्नो गन्तव्य छान्नुपर्छ त्यसपछि यसमा सेट गरिएको अटोनोमस एरियल भेइकल्स (एएभी) ले स्वचालित रूपमा यात्रुलाई गन्तव्यसम्म पुर्याउँछ ।
एक सय किलो तौल क्षमताको यो ट्याक्सीका रुटहरु इन्क्रिप्टेड फोरजी नेटवर्कले निगरानी गर्नेछ ।
इहाङ–१८४ ले एकपटकमा ३० मिनेटसम्मको दुरी पार गर्ने क्षमता रहेको निर्माण कम्पनीले जनाएको छ ।
-सीएनएन