आईजीपी नियुक्ति मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा परेको छ । ६ चैतको १ नं. इजलासमा परेको यो मुद्दामा आज नै फैसला हुन सक्ने संभावना रहेको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको त्यस विरुद्ध सर्वोच्चमा रिट परेको थियो । अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले त्यसका विरुद्ध रिट दायर गरेका थिए ।
यसमा मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन् । त्यसयता बहस हुदै आएको आईजीपी नियुक्तीसम्बन्धी मुद्दा ६ चैतको ‘वृहद पूर्ण इजलास’मा राखिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्ट र अनिलकुमार सिन्हाको ‘वृहद पूर्ण इजलास’मा रहेको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ चलिरहेको छ ।