कला/साहित्यशनिवार, चैत्र ५, २०७३

वरिष्ठ साहित्यकार दीक्षितलाई अभिनन्दन

हिमालखबर

निबन्धकार शङ्कर लामिछाने प्रतिष्ठानले ५ चैतमा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले निबन्धकार शङ्कर लामिछानेको ४१ औँ जन्मजयन्तीको सन्दर्भमा विशेष कार्यक्रम गरी दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरेको हो ।

त्यस्तै यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ बाट वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद रु ५० हजारसहित पुरस्कृत गरेको छ ।

शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कारबाट नियात्राकार दामोदर पुडासैनीलाई नगद रु २५ हजार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

निबन्धकार लामिछानेकी पतन्ती रत्ना, प्रतिष्ठानका सदस्यसचिव राधेश्याम लेकाली लगायतले निबन्ध क्षेत्रको विकासमा लामिछानेले पु¥याएको योगदानकाबारेमा बोलेका थिए ।

कार्यक्रममा निबन्धकार नरेन्द्रराज पौडेलको ‘विमोचनको बिगबिगी’ नामक कृति विमोचन गरिएको छ । रासस

प्रतिकृया दिनुहोस