खेलकुदशुक्रवार, चैत्र ४, २०७३

एएफसी यु–२३ छनौटमा नेपालका तीन प्रतिस्पर्धी तय

हिमालखबर

एसियाली यू–२३ फुटबल छनौटमा नेपाल समूह ‘डि’ मा परेको छ । मलेसियामा ४ चैतमा सार्वजनिक गरेको तालिका अनुसार यो समूहमा लेबनान, उज्वेकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

यू–२३ टीम नेपालले ४ साउनमा युएई, ६ साउनमा उज्वेकिस्तान र ८ साउनमा लेबनानसँग युएईमा खेल्नेछ ।

सन् २०१८ मा चीनमा हुने प्रतियोगितामा जम्मा १६ टीम सहभागी हुनेछन् । छनौट चरणमा सहभागी ४० एसियाली देशलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट लिगको अंक तालिकाको शीर्षस्थानका १० टिम र उत्कृष्ट ५ रनर–अप छनौटमा पर्नेछन् ।

चीनले आयोजकको रुपमा सिधै प्रवेश पाउनेछ । तर समूह ‘जे’ मा रहेको चीनले छनौट चरण पार गरेमा उत्कृष्ट रनरअपको छैठौं स्थानमा रहेको टीमले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

समूह ए

इरान, ओमन, किर्गिस्तान र श्रीलंका ।

समूह बी
इराक, बहराईन, साउदी अरेबिया र अफगानिस्तान ।

समूह सी
कतार, सिरिया, भारत र तुर्किमिनिस्तान ।

समूह डी
नेपाल, युएई, लेवनान र उज्वेकिस्तान ।

समूह ई
जोर्डन, ताजिकिस्तान, बंगलादेश र प्यालेस्टाइन ।

समूह एफ
अष्ट्रेलिया, म्यान्मार, सिंगापुर र ब्रुनाई ।

समूह जी
दक्षिण कोरिया, लाओस, चाईनिज ताईपेइ र हङकङ ।

समूह एच
थाईल्याण्ड, इण्डोनेसिया, मलेसिया र मंगोलिया ।

समूह आई
उत्तर कोरिया, भियतनाम, टिमोर लिस्ते र मकाउ ।

समूह जे
जापान, चीन, कम्बोडिया र फिलिपिन्स ।

 

प्रतिकृया दिनुहोस