एसियन कप छनौटका लागि २० सदस्यीय टीम घोषणा
एएफसी एसियन कप २०१९ को छनौट अन्तर्गत पहिलो खेलका लागि २० सदस्यीय टीम नेपालको घोषणा गरिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ४ चैतमा तीन गोलकिपर, ७ डिफेन्डर, ६ मिडफिल्डर र ४ फरवार्ड छनौट गरिएको हो ।
अन्तिम छनोटमा परेका खेलाडीहरू
गोलकिपर; किरण चेम्जोङ्ग, विकेश कुथु र विशाल श्रेष्ठ ।
डिफेन्डर; रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ्ग, आदित्य चौधरी, कमल श्रेष्ठ, रंजित धिमाल र जितेन्द्र कार्की ।
मिडफिल्डर; रोहित चन्द, विशाल राई, हेमन गुरुङ्ग, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ ।
फरवार्ड; बिमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु ।
यसअघिको २७ सदस्यीय सूचिमा परेका मध्ये सुमन लामा, देवेन्द्र तामाङ्ग, अलन न्यौपाने, अनिल गुरुङ्ग, राजेन्द्र रावल, मनबहादुर तामाङ्ग र बिमल बस्नेत भने टीममा पर्न सकेनन् ।
टीम नेपालले १५ चैतमा मनिलास्थित रिजाल मेमोरियल स्डेडियममा फिलिपिन्स विरुद्ध खेल्दैछ ।