वरिष्ठ चित्रकार हिरालाल डङ्गोलको निधन
चरा चित्रकलामा प्रख्यात कलाकार हिरालाल डङ्गोलको आज ७७ वर्षका उमेरमा निधन भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आज ४ चैत अपराह्न निधन भएको हो । गत एकसाता देखि उनको क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।
कलाकार डंगोलले नेपाली चराहरुको विषयमा पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका थिए । - रासस
कलाकार डंगोलबारे हिमालखबरमा केही साताअघि प्रकाशित सामाग्री हेर्नुहोस् : चरा परिवार