रमपम चाउचाउ अब अमेरिका निर्यात
एशियन थाई फुड्सले नेपालमा उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात हुन थालेको छ ।
अष्ट्रेलिया, दुबई र कतारपछि एशियन थाई फुड्सले अमेरिकामा निर्यात गर्न थालेको हो । हाल मासिक पाँच लाखभन्दा बढी प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको कम्पनीले जनाएको छ ।
आगामी वर्षदेखि मासिक १० लाख प्याकेट चाउचाउ निर्यात गर्ने तयारी भइरहेको एशियन थाई फुड्सले जनाएको छ ।