थानकोटमा दुर्घटना, चार घाइते
ट्रकको ‘ब्रेक फेल’ भएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा थानकोटमा चारजना घाइते भएका छन् ।
थानकोट दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।
ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस