दुई नम्बर प्रदेशमा विशेष कार्यक्रम गर्छौंः एमाले
मेची महाकाली अभियानमा रहेको एमालेले दुई नम्बर प्रदेशमा चाँडै विशेष कार्यक्रमको आयोजना गरिने जनाएको छ ।
आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले सप्तरी घटनापछि दुई नम्बर प्रदेशका जिल्लाहरुमा अभियानका पूर्व निर्धारित कार्यक्रम नभएकाले चाँडै जनकपुर केन्द्रित कार्यक्रम गरिने जानकारी दिए ।
उनले विभिन्न बाधा र षडयन्त्रबीच पनि अभियान अभूतपूर्व रुपमा सफल भएको भन्दै स्थानीय निर्वाचन सुनिश्चित गर्न सरकारसँग माग गरे ।
एमालेले अभियानको प्रचारका क्रममा १० लाख घरधुरीसम्म पुगेको ५० लाख जनतालाई अपील वितरण, २५ हजार अन्य पार्टीका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग पुनः आह्वान गरे ।
त्यसैगरी कञ्चनपुरको आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागि गोविन्द गौतमको मृत्यु भएको घटनामा भारतले माफी माग्न, पीडित परिवारलाई क्षति पूर्ति प्रदान गर्न र यस्तो गल्ती फेरि नदोहो¥याउने प्रतिवद्धता गर्न पनि ओलीले आग्रह गरेका थिए ।
दीपक ज्ञवाली, महेन्द्रनगरबाट