चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
बाजुराको सिहमाली गाउँपालिकाको (रुगिन–४) बोर्तामा ३ चैत राति ८ बजे चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर रहेका छन् । त्यस्तै १७ वर्षीया छोरी झुमकला र १० वर्षीया जुनु चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले जानकारी दिए ।
घाइते भएका दुई दिदीबहिनीको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ । घाइते भएका दुवै दिदीबहिनीलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
चट्याङ लागेर दुई गोरु र एक बाख्रा पनि मरेको जनाएको छ । रासस