नेपालगञ्ज गोल्डकपको उपाधि रुपन्देहीलाई
टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अग्नी रुपन्देही–११ ले जितेको छ ।
‘सडन डेथ’मा रुपन्देहीले सीमएजी क्लव संकटालाई पराजित गरेको हो । जीतसँगै रुपन्देहीले रु. ५ लाख नगद पाएको छ भने उपविजेता संकटाले रु.दुई लाख ५१ हजार पाएको छ ।
निर्धारित समयमा एक÷एक गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । पाँच जनाले प्रहार गरेको पेनाल्टीमा चार÷चार जनाले गोल गरेपछि सडेन डेथमा पुगेको थियो । जसमा रुपन्देही ६–५ गोलले विजयी भयो ।
खेलको ६५ मिनेटमा संकटाले अनिल गुरुङको गोलमार्फत अग्रता लिएको थियो । संकटाले ८९ औं मिनेटमा पाएको पेनाल्टीलाई शिव सुवेदीले गोलमा परिणत गरेपछि खेल बराबरीमा रोकिएको थियो ।
प्रतियोगितामा म्यान अफ द सिरिज रुपन्देहीका अमर डंगोल भए । उनले सुजुकी वाइक प्राप्त गरे । त्यस्तै, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, उत्कृष्ट रक्षकमा रुपन्देहीका मुसा, मिडमिल्डरमा रुपन्देहीका गौरव बुढाथोकी, फरवार्डमा संकटाका मार्टिनले रु.पाँच÷पाँच हजार नगद पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी घोषित भए ।
उपाधि विजेता रुपन्देही र उपविजेता संकटालाई कान्तिपुर पब्लिकेशन प्रालिकी कार्यकारी निर्देशक स्वस्तिका स्वाँर सिरोहियाले पुरस्कार वितरण गरेकी थिइन ।
केशव राना/बाँके