स्थानीय तहमा कर्मचारी खटाउने अधिकार सीडीओलाई
सरकारले स्थानीय तहमा कर्मचारी खटाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार दिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा र विविध सेवाका राजपत्र अनङ्कित कर्मचारीलाई स्थानीय तहमा खटाउने अधिकार सीडीओलाई प्रदान गरेको हो ।
बैठकले विश्व बैङ्कअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने रु १० अर्ब ७० करोड ऋण सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ । यसका साथै विदेशी लगानीसम्बन्धी कामको समन्वय गर्न उद्योगमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा समिति गठन गरेको छ ।